November 10, 2026, Tuesday
२०८३ कार्तिक २५
1:37:26 pm

एनआरएनए‌ कुवेत र नेपाल पत्रकार महासंघ कुवेत वीच अन्तरक्रिया सम्पन्न

कुवेद- गैरआवसीय नेपाली संघ कुवेत र नेपाल पत्रकार महासंघ कुवेत वीच अन्तरक्रिया सम्पन्न भएको छ।

अगस्ट २० तारिख शुक्रबार भएको अन्तरक्रियामा एनसीसी कुवेतका अध्यक्ष रणध्वोज लामा लगायतका एनसीसी कुवेतका पदाधिकारी र नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज पन्थीको साथ पदाधिकारीहरुको उपस्थित रहको थियो ।

एनसीसी कुवेतका भावि कार्ययोजना तथा महासंघ संगको सहकार्यको वारेमा अन्तरक्रिया तथा छलफल भएको छ । अन्तरक्रियामा बोल्दै अध्यक्ष लामाले ” विगतमा भएको कमिकमजोरिलाई सच्याउदै भावि दिनहरूमा एक अर्काको सहकार्य नेपाली समाजको लागि अपरिहार्य रहेको जनाउदै समाजमा नयाँपनको आभाष हुनेगरि कदमहरु चाल्ने र सोही अनुरुप महासंघ कुवेतले साथ सहयोग गर्नुपर्नेमा बताएका छन् ।

Advertisement

कुवेतको नेपाली समाजका कुनैपनि विकृतिलाई निर्बाधरुमा बाहिर ल्याउन अनुरोध गर्दै समाजलाई सुसूचित गर्ने कार्यमा कसैलेपनि रोकतोक नगर्न आग्रह समेत गरेकाछन । महासंघ अध्यक्ष पन्थिले एनसिसि संग सदा सहकार्यलागि तत्पर रहेको बताउदै प्रवासमा परोपकारि पत्रकारीता गरिहकेका मिडियाक्रमिहरु प्रति विगत नदोहोर्‍याउन आग्रह गर्दै आपसी समजदारिमा भावि कार्ययोजना तथा समाज भलाईको बाटोमा एकढक्का भई हिड्न तयार रहेको बताएका छन ।