वाल्टिमोर । अमेरिकाको मेरिल्याण्ड राज्यको वाल्टिमोरमा चङ्गा मेला सम्पन्न भएको छ । लायन्स क्लब अफ वाल्टिमोर नेप्लिजल मेरिल्याण्ड राज्यको गन पाउडर फल्स स्टेट पार्क (राज्य उद्यान) मा अक्टोबर २४ आइतबारका दिन दिउसो चङ्गा मेला सम्पन्न भएको हो ।
दशैको समाप्तीसागै आयोजना गरिएको उक्त मेला अमेरिकामा रहेका दोश्रो पुस्तालाई नेपालका चाडपर्व र कला संस्कृतिका बारेमा चिनाउन आयोजना गरिएको लायन्स क्लब अफ वाल्टिमोर नेप्लिजका संस्थापक बैकुण्ठमान श्रेष्ठले बताए ।
वाल्टिमोरबासीहरुले पहिलोपटक सम्पन्न गरेको सो मेलामा दर्जनभन्दा बढी परिवारले आफ्ना बालबालिकाहरुलाई सहभागी गराएका थिए । मेलामा नेपालबाट पनि चङ्गा ल लट्टाई मगाइएको थियो ।