August 25, 2026, Tuesday
२०८३ भाद्र १०
1:37:26 pm

नेपाल आदिवासी जनजाति महासंघ अष्ट्रियाद्वारा सपना रोका मगर सम्मानित (नेरु ८५,००० सहयोग )।

सडकका बेवारिसेलाई खाना खुवाउने र बेवारिसे शवलाई पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने कार्यमा सक्रिय सपना रोका मगरलाई नेपाल आदिवासी जनजाति महासंघ अष्ट्रियाले सम्मान गरेको छ।

सल्लाहकार आशा थापाले काठमाडौँमा प्रत्यक्ष भेट गरेर जनजाति महासंघ अष्ट्रियाको तर्फबाट खदा ओढाई सम्मान पत्र र सहयोग रकम नेरु ८५,००० ( नेपाली रुपैयाँ पच्चासी हजार ) हस्तान्तरण गरेकी हुन्।

सपना रोका मगरको साथमा सल्लाहकार आशा थापा


अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले सन् २०२० का प्रेरणादायी र प्रभावशाली महिलाका रूपमा छानेका सय जनामध्ये परेकी सपनाको अतुलनीय सामाजिक योगदानको कदर गर्दै यो सम्मान प्रदान गरिएको हो। अध्यक्ष डबिन लामा गुरुङ्ग र महासचिव शेखर लामाबाट प्राप्त जानकारी अनुसार सामाजिक संस्था खोलेर समाजमा थप सक्रिय हुने अभियान र बाँकी शिक्षा पुरा गर्न मद्दत पुगोस भन्ने अभिप्रायले सपना रोका मगरलाई यो सहयोग प्रदान गरिएको हो।
नेपाल आदिवासी जनजाति महासंघ अष्ट्रियाले नेपालमा बन्दा बन्दीको बेलामा समस्यामा परेकाहरुलाई खाना खुवाउने अभियानमा सहयोग र अष्ट्रियामा पनि आपतकालीन राहत कोष स्थापना गर्ने कार्यमा अग्रणी भूमिका खेली मर्कामा परेकाहरुलाई आर्थिक सहयोग प्रदान गर्ने कार्य सफलताको साथ सम्पन्न गरि सकेको छ।

Advertisement