November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

अमेरिकामा गणेश–यशोदा सांगीतिक साँझ सम्पन्न

२०८२ कार्तिक ११

अमेरिकामा गणेश–यशोदा सांगीतिक साँझ सम्पन्न भएको छ । गत नोभेम्बर १७ र १८, २०२५ मा हिमालय कल्चर एकेडेमी, जैक्सन हाइट, न्युयोर्क र न्युह्यामसायर अमेरिका नेपलिज कम्युनिटी, अमेरिकाको आयोजनामा नेपालका लोकप्रिय जोड़ी गणेश–यशोदा पराजुलीको सांगीतिक साँझ भव्य रुपमा सपन्न भएको हो ।

न्युयोर्क र न्युह्यामसायरमा यी युगल जोड़ीले आफÞना लोकप्रिय गीतहरू “दिन ढल्यो अधेरी रातमा, सुन माया जाँदैछु म टाडा, तिमीलाई अपनाउँ भनेर, लाग्दछ मलाई रमाइलो, के माग्छौ भनि कसैले सोधे, त्यो मुटुमा त मेरो सहित अन्य अग्रजहरूका गीत संगीतहरू प्रस्तुत गरिएका थिए ।

न्युयोर्क र न्युह्यामसायरमा आयोजित दुबै कार्यक्रममा दर्शकहरूको अनुरोधमा थप एक घंटा बढी गीतहरू गाएर युगल जोडीले दर्शकहरूलाई मंत्र मुग्ध पारेका थिए ।

Advertisement

दुबै स्थानमा सम्पन्न कार्यक्रममा आफÞनो अध्ययन सकेर अमेरिकालाई कर्मभूमि बनाई बस्नु भएकी पराजुली दम्पतीका छोरी गायिका निर्जला पराजुलीले पनि गीत गाएर श्रोताहरूको मन जीत्न सफल भइन् ।