August 26, 2026, Wednesday
२०८३ भाद्र १०
1:37:26 pm

उडान अनुमति खारेजपछि पनि टिकट काट्दै एसियाना

काठमाडौं– नागरिक उड्ययन प्राधिकरणले एसियाना एयरलाइन्समाथिको छानबिन नटुंगिदासम्म नेपाल उडान गर्न नपाउने स्पष्ट पारेको छ। गत शनिबार दक्षिण कोरियाबाट नेपाल उडान गर्ने क्रममा उक्त एयरलाइन्सले स्वास्थ्य मापदण्ड पुरा नगरेको प्राधिकरणको ठहर छ।

एयरलाइन्सले नोभेम्बर ५ र २६ मा पुनः उडान गर्ने गरि कोरियामा टिकट बुकिङ खुला गरेको छ। तर प्राधिकरणले एयरलाइन्समाथिको छानबिन नसकिएको जनाउँदै ती उडान हुन नसक्ने स्पष्ट पारेको छ। प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने,‘एसियानाले अघिल्लोपटक स्वास्थ्य मापदण्ड पूरा नगरि उडाएको छ। छानविन नसकिएसम्म नेपालमा उडान गर्न पाउँदैन।’

एसियानाको उडान स्थगित भएको आधिकारिक जानकारी नआएको कोरियास्थित नेपाल टुरका प्रवन्धक केपी सिटौलाले जानकारी दिए। नोभेम्बरका दुई उडानका लागि बुधबार मात्रै स्वीकृति पाएको उनले बताए।

Advertisement