November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

आज यी जिल्लामा बाढीको जोखिम, होशियार रहन आग्रह

काठमाडौं –  मनसुनी वायुको प्रभावका कारण आज (सोमबार) देशका धेरै भू–भागमा वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

भारी वर्षाका कारण आज कन्काई जलाधारका साना सहायक नदीमा पानीको बहाव केही बढ्न सक्ने मौसमविदले बताएका छन् । केही साना नदीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ । कमला, वाग्मती, पश्चिम राप्ती, बबईमा बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै हुने पूर्वानुमान छ ।

आज नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य रहनेछ । कोसी र यसका स–साना सहायक नदीमा बहाव केही बढ्ने तथा केही साना नदीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।
आज बिहानको मापनानुसार कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सतर्कता तहभन्दा तलै रहेको मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

Advertisement

आज इलाम, झापा, मोरङ, सुनसरी, पाँचथर, उदयपुर, ओखलढुंगा, धनकुटा, संखुवासभा, सोलुखुम्बु, भोजपुर, ताप्लेजुङ, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, काठमाडौं, गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, पर्वत, कास्की, बागलुङ, नवलपुर, दाङ, बर्दिया र आसपास जिल्ला भई बहने स–साना नदी जलाधारमा बहाव केही बढ्ने र केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।