August 29, 2026, Saturday
२०८३ भाद्र १३
1:37:26 pm

झिनो अंकले उकालो लाग्यो सेयरबजार

काठमाडौं – सेयरबजार झिनो अंकले उकालो लागेको छ । सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक ०.७६ अंकले बढेर ३ हजार १६२.४० अंकमा पुगेर कारोबार बन्द भएको हो ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने २.४७ ले घटी ५८५.६२ मा पुगेको छ । यसअघि मंगलबार १७ अर्ब ८४ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार १५ अर्ब ४५ करोड पुगेको छ । कुल २३० कम्पनीको २ करोड ७२ लाख ९८ हजार ६२४ कित्ता सेयर १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार ७५४ मूल्यमा खरिदबिक्री भएका छन् ।

कारोबार भएका कुल १३ उपसमूहमध्ये आज ५ वटा उपसमूहको सेयर उकालो लागेको छ भने बाँकी ८ वटा उपसमूहको सेयर ओरालो लागेको छ । हाइड्रोपावरको १०४.७९ ले बढेको छ भने र व्यापार ४९.६५ ले घटेको छ ।

Advertisement