August 30, 2026, Sunday
२०८३ भाद्र १४
1:37:26 pm

तामाकोशी जलविद्युत् आयोजनाको सबै युनिटबाट विद्युत् उत्पादन सुरु

काठमाडौं– ४५६ मेगावाटको माथिल्लोे तामाकोशी जलविद्युत् आयोजनाका सबै युनिट पूर्णरुपमा सञ्चालन भएको छ। 

मंगलवार छैटौं युनिट पनि सञ्चालनमा आएसँगै आयोजनाका सबै युनिटबाट विद्युत् उत्पादन सुरु भएको हो।

मंगलवार आयोजनाको छैटौं युनिटबाट पनि परीक्षण उत्पादन सुरु भएपछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका सबै युनिट सञ्चालनमा आएको आयोजनाका इलेक्ट्रिकल महाशाखाका प्रमुख पूर्णगोपाल रञ्जितले बताए।

Advertisement

यसअघि पहिलो युनिट असार २१ गते, दोस्रो युनिट असार २९ गते, तेस्रो युनिट साउन ८ गते,  चौथो युनिट साउन १८ गते तथा पाँचौं युनिट साउन २६ गते सञ्चालन गरिएको थियो।

आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएको महाशाखाका प्रमुख रञ्जितले बताए। केही समयपछि आयोजनाबाट पूर्ण क्षमतामा व्यावसायिक उत्पादन सुरु गरिने उनको भनाइ छ।