November 7, 2026, Saturday
२०८३ कार्तिक २२
1:37:26 pm

स्थानीय तहका यी ५ अस्पताल सञ्चालनको जिम्मेवारी बागमती प्रदेशलाई

काठमाडौं– सरकारले स्थानीय तहअन्तर्गत रहेका बागमती प्रदेशका पाँच अस्पताललाई प्रदेशअन्तर्गत राख्ने निर्णय गरेको छ।

दोलखाको चरिकोट अस्पताल, काभ्रेपलाञ्चोकको मेथिनकोट अस्पताल, ललितपुरको बज्रबाराही, चितवनको बकुलर रत्ननगर अस्पताल तथा काठमाडौंको टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन तथा सञ्चालनको जिम्मेवारी बागमती प्रदेश सरकारले पाएको छ। यो बागमती प्रदेशको १३ वटै जिल्लामा अस्पताल रहने भएको छ।

यसअघि आठ वटा जिल्लामा मात्र प्रदेश अस्पताल रहेको थियो ।

Advertisement