August 26, 2026, Wednesday
२०८३ भाद्र ११
1:37:26 pm

पश्चिमी वायुको प्रभाव : हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले नेपालमा अब केही दिनसम्म पश्चिमी वायुको प्रभाव रहने जनाएको छ। नेपालका सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश लगायत प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भूभागमा आंशिकदेखि समान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहने  मौसम पूर्वानुमान शाखाले जनाएको छ।

बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ भने राति बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं २ र प्रदेश नं १ मा आँशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरुमा आंशिक बदली रहनेछ।

बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख गरिएको छ।

Advertisement

बिहीबार दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ। राती सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश नं १ मा आंशिक बदली रही प्रदेश नं २ मा मौसम सामान्यतया सफा रहनेछ।

शुक्रबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ। राती सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश नं १ मा आंशिक बदली रही प्रदेश नं २ मा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।