August 29, 2026, Saturday
२०८३ भाद्र १३
1:37:26 pm

काठमाडौंमा मेयर बालेन साहविरुद्ध प्रर्दशन

काठमाडौं । संविधान र कानुनविपरीत उठिबास लगाउने कामको नेतृत्व गरेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध सुकुम्बासीले प्रर्दशन गरेका छन्। महानगरले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन निर्देशन दिएपछि उनीहरूले मेयर साहविरुद्ध प्रदर्शन गरेका हुन् ।

नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म र्‍यालीसहितको विरोध प्रर्दशन गरेका उनीहरूले विरोध प्रर्दशनमा पक्राउ परेेका भूमि अभियन्ताहरुलाई निःशर्त रिहा गर्नुपर्ने, उनीहरुमाथि लगाइएको सबै मुद्दा खारेज गर्नुपर्ने मागसमेत गरेका छन् ।

Advertisement