August 26, 2026, Wednesday
२०८३ भाद्र १०
1:37:26 pm

मातृभाषा पत्रकारिता विकासको लागि नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन आज समापन हुने

ललितपुर । दक्षिण एशियाका विभिन्न देशमा क्रियाशील पत्रकारहरुलाई समेटेर नेपालमा दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५ आज सम्पन्न हुँदैछ । नेवार पत्रकारहरुको साझा संस्था नेवाः पत्रकार राष्ट्रिय दबूले जेठ ३० र ३१ गते दुईदिने सम्मेलन गरेको हो ।

सार्क जर्नालिष्ट फोरम र नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) सँग सहकार्य गरी पत्रकार राष्ट्रिय दबूले भारत, बंगलादेश, भुटान, श्रीलंका, पाकिस्तान लगायतको ठाउँका पत्रकारहरुलाई सहभागी गराएको हो ।

पत्रकार राष्ट्रिय दबूले यसअघि गएको वर्ष प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४४ सम्पन्न गरेको थियो । नेपालका प्रथम मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्य (जगतमान वैद्य)ले मातृभाषाको पत्रकारिता सुरु गर्नुभएको १०१ वर्ष पुगेको सन्दर्भमा सम्मेलनको आयोजना गरेको हो ।

Advertisement

सम्मेलनबाट नेपालमा मातृभाषा पत्रकारिताको अवस्था र नेपाल बाहिर भइरहेको पत्रकारिताको विकासक्रम सम्बन्धी सूचना आदानप्रदान भएर सोही विवरण लिखित रुपमा दस्तावेजको रुपमा रहने, नेपालमै विभिन्न भाषाको माध्यमबाट गरिने पत्रकारितालाई पूर्ण व्यावसायिक बनाउन सहयोगी सिद्ध हुने, समावेशी पत्रकारिताको प्रयोग अझ सहज हुने अपेक्षा छ ।

सम्मेलनले मातृभाषामा पत्रकारिता गरिरहेका पत्रकारहरूको हौसला बढ्ने विश्वास लिइएको छ । पहिलो दिनको कार्यक्रम ललितपुरस्थित राष्ट्रिय प्रकृति संरक्षण कोष र दोस्रो दिनको कार्यक्रम भक्तपुरको मध्यपुर थिमिमा भइरहेको छ ।