August 27, 2026, Thursday
२०८३ भाद्र ११
1:37:26 pm

नेपाल विद्युत प्राधिकरणमा अनियमितता विरुद्ध ज्ञापन

नेपालगन्ज । नेपालगञ्जको विद्युत अनियमितताविरुद्ध नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रलाई जेठ ३० मा ज्ञापन पत्र बुझाएको छ । वास नेपालको आयोजनामा आज सम्पन्न भएको भ्रष्टाचारविरुद्ध शुद्धिकरण (सत्याग्रह) कार्यक्रम मार्फत सो ज्ञापन पत्र बुझाएको हो ।

नेपालगञ्जको चर्काे गर्मी, विद्युतको मनपरी, नागरिकहरूलाई सास्ति कहिले सम्म ? भन्ने प्रश्न गर्दै आधा घण्टा नागरिक समाजका तर्फबाट नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रको गेटमा आधा घण्टा धर्ना दिईएको उक्त कार्यक्रममा बोल्दै नागरिक समाजका अगुवा कृष्ण प्रसाद श्रेष्ठले विद्युत प्राधिकरणको मनपरीका कारण भईरहेको विद्युत अनियमितताका कारण चर्काे गर्मीमा नेपालगञ्जबासीहरू पीडित भएको बताए ।

कार्यक्रममा बोल्दै बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले प्राविधिक कारण देखाएर विद्युत प्राधिकरण पन्छिन खोजेको आरोप लगाए । बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह, नागरिक समाजका अगुवा कृष्ण प्रसाद श्रेष्ठ, गैसस महासंघ नेपाल बाँकेका उपाध्यक्ष मन भण्डारी, सचिव रमेश सिटौला, बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्मा लगायतले नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका निमित्त प्रमुख बुद्धिसागर भुसाललाई ज्ञापन पत्र हस्तान्तरण गरेका थिए । ज्ञापन पत्र बुझ्दै नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका निमित्त प्रमुख बुद्धिसागर भुसालले समस्या समाधानका लागि पहल गर्ने बताए ।

Advertisement

हस्तान्तरण गरिएको ज्ञापन पत्रमा नेपालकै बढि गर्मि हुने सहर मध्येको एक सहर नेपालगञ्जको चर्काे गर्मिमा सधैं नेपालगञ्जबासीहरू विद्युत अनियमित हुँदा सास्ति भोग्न बाध्य भएको, हरेक बर्षको गर्मि समयमा जस्तै यस बर्षको गर्मियाम शुरु भएसँगै विद्युत प्राधिकरणको मनपरी, अर्कमण्यता शुरु भएको उल्लेख छ । कानुनी र कागजी रुपमा नेपालगञ्ज लोडसेडिङ मुक्त छ तर अघोषित लोडसेडिङ छ ।