August 31, 2026, Monday
२०८३ भाद्र १५
1:37:26 pm

प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९ प्रमाणीकरण

विराटनगर । प्रदेश नम्बर १ का प्रमुख परशुराम खापुङले प्रदेश सभा, प्रदेश नम्बर १ को बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको “प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९” लाई प्रमाणीकरण गरेका छन् ।

प्रदेश सरकार मातहतका, स्थानीय सरकार, सङ्घसंस्थाका मानवीय जनशक्तिलाई सक्षम बनाउन प्रशिक्षण प्रतिष्ठान महसुस गरे अनुसार ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७९’ को प्रस्ताव पारीत गरि प्रमाणीकरणको लागि प्रदेश प्रमुखसमक्ष आएको थियो ।

यस प्रतिष्ठान स्टफ कलेजको स्वरूपमा झापा चन्द्रगढीको कलवलगढीमा केन्द्रीय कार्यालय रहने छ ।

Advertisement