August 28, 2026, Friday
२०८३ भाद्र १२
1:37:26 pm

बीपीका उपकुलपतिलाई कारबाही गर्न माग गर्दै स्वास्थ्य मन्त्रालयमा मेयर साम्पाङको पत्र

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कामु उपकुलपति प्राडा प्रल्हाद कार्कीलाई कारबाही गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेका छन् । कार्कीले कार्यकारणी समितिको बैठक बसाउन नसेका कारण प्रतिष्ठानका शिक्षक, कर्मचारी, चिकित्सकको समस्या सम्बोधन हुन नसकेको भन्दै मेयर राईले मन्त्रालयलाई कानुन बमोजिम कारबार्ही गर्न पत्र लेखेका हुन् ।

‘स्वास्थ्य मन्त्रालयबाट कार्यकारणी समिति (कास) को वैठक तुरुन्तै बसाउने निर्देशन दिए पनि हालसम्म कुनै वैठक राख्न नसकेकाले प्रतिष्ठानका शिक्षक, कर्मचारी, चिकित्सकका माग सम्बोधन जस्ता विषयमा अन्यौलता देखिएको साथै हालको विद्यमान परिस्थितिको समस्याको समाधान गर्न नसकेको हुँदा निजलाई कानून मुताबिक तुरुन्तै आवश्यक कारवाही अघि बढाई दिनहुन अनुरोध छ’ । साम्पाङले लेखेको पत्रमा भनिएको छ ।

कामु उपकूलपति कार्कीले मर्यादाविपरीत काम गरेको भन्दै साम्पाङले उनको कार्यकक्षमा ताला लगाएका थिए । तर, उच्च अदालत विराटनगरले ताला खोल्न अन्तरिम आदेश दिएपछि ताला खोलेका थिए ।

Advertisement