August 26, 2026, Wednesday
२०८३ भाद्र ११
1:37:26 pm

सुकुना बहुमुखी क्याम्पसको १९औं परिषद बैठक समुद्घाटन, दुईजना सम्मानित

विराटनगर । सुकुना बहुमुखी क्याम्पसको १९औं परिषद बैठकको समुद्घाटन भएको छ । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश प्रमुख परशुराम खापुङले पानसमा दीप प्रज्वलन गरि बैठकको उद्घाटन गरेका हुन् ।

उदघाटन गर्दै प्रदेश प्रमुख खापुङले अनेकतामा एकताको खोजी गरि राष्ट्रिय एकताको मूल प्रवाहमा ल्याउनु आजको आवश्यकता रहेको बताए ।

कार्यक्रममा क्याम्पसमा अध्ययन, अध्यापन गरि उच्च स्थानमा पुग्नेहरूलाई सम्मान गरिएको थियो ।

Advertisement

सम्मान पाउनेमा जिल्ला समन्वय समिति धनकुटाका उपप्रमुख सावित्रा राई, भोजपूर जिल्लाका प्रमुख जिल्ला अधिकारी राजन पौडेल, संघीय सांसद प्रेमलाल चौधरी रहेका थिए ।