काठमाडौं । पाइलट तथा कलाकार क्याप्टेन विजय लामालाई पितृशोक परेको छ । उनका पिता फिल्म निर्माता एवं निर्देशक हेमबहादुर लामाको ९५ वर्षको उमेरमा आइतबार काठमाडौँमा निधन भएको हो ।
बुबाको निधन भएको तीन दिन पछि लामाले फेरि बुबाको सम्झनामा भावुक हुँदै सामाजिक सञ्जालमा स्टेटस लेखेका छन् । उनी लेख्छन्, ‘पार्थिप शरीर छोडेर गएको आज तेस्रो दिन, अन्त्येष्टि सकिएको एक रात कट्दा त तिमी यहिनै छौ जस्तो मात्र लाग्छ बाउ.. । विश्वास लागेकै छैन बाउ तिमी सदाको लागि गयौ भनेर ! अब त नयाँ बानी बसाउनुपर्ने भयो तिमी बिना नि जिउन ! बिहानै कोठामा तिमी छौ भनेर जादा झस्किए तिमिलाई नपाउदा, सधै झैँ “ए बाउ मेरो त्ष्नTiger good morning” भन्नलाई तिमी थिएनौं ।’
पिता फिल्म निर्माता एवं निर्देशक लामाको सोमबार बुद्ध धर्मको नियम अनुसार स्वयम्भुमा अन्त्येष्टि गरि सकिएको छ । ‘छोराले गर्नु पर्ने कर्तव्य पूरा गरे कि गरिनँ, त्यो तिमप्लाई थाहा छ ! अर्को जन्ममा पनि मेरै बाउ भएर आउनु है ! यसरी नै तिमिलाई सताउछु, दुःख दिन्छु, झगडा गर्छु, अनि मेरै बाउ भन्दै अपार माया गर्छु, अंगालो मार्छु, रमाइलो गर्छु, घुमाउछु अनि तिमीलाई बाउ नै भनेर बोलाउछु ।’ बुबासँग मिडिया पनि रमाएर प्रस्तुत हुने विजय उनको वियोगमा यसरी लेख्छन् ।
टेनिसका खेलाडी समेत रहेका स्वर्गीय लामाले निर्माण र निर्देशन गरेको चलिचित्र ‘आदर्श नारी’ त्यतिखेरको लोकप्रिय चलचित्र थियो ।