November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

‘कुकुर कामी’ नाम उल्लेख गरिएका व्यक्तिलाई नयाँ नागरिकता प्रदान

दैलेख । जिल्ला प्रशासन कार्यालय दैलेखले ‘कुकुर कामी’ नाम उल्लेख गरिएका व्यक्तिलाई नयाँ नागरिकता प्रदान गरेको छ । भगवतीमाई गाउँपालिका –३ मेहेतोलीका उनलाई कविराम कामी नामको नयाँ नागरिकता प्रदान गरिएको हो ।

गृहमन्त्रालयले अपमानजनक नाम भएका नागरिकताबारे आवश्यक प्रक्रिया पूरा गरी जिल्ला प्रशासन कार्यालयलाई पुनः नागरिकता दिन निर्देशन दिएपछि कविरामलाई जिल्ला प्रशासनले नयाँ नागरिकता प्रदान गरेको होे । उनलाई आइतबार प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले नयाँ नागरिकताको प्रमाणपत्र दिएका हुन् । नागरिकता प्रमाणपत्र लिन उनी वडा कार्यालयको सिफारिससहित प्रशासन कार्यालय पुगेका थिए ।

कविरामको नाम २०४६ जेठ १० गतेको गाउँमा नागरिकता टोली गएको बेलामा तत्कालीन प्रधानपञ्चको सिफारिसमा ‘कुकुर कामी’ लेखिएको थियो । नाममा अपमान बारे समाचार प्रसारण हुने थालेपछि गृह मन्त्रालयले जिल्ला प्रशासनहरुलाई पत्राचार गर्दै अपमानजनक नाम सच्याउन निर्देशन दिएको थियो ।

Advertisement