November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

वरिष्ठ पत्रकार देवेन्द्र गौतमको निधन

काठमाडौं । वरिष्ठ पत्रकार देवेन्द्र गौतमको निधन भएको छ । गौतमको उपचारका क्रममा आज ललितपुरको ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा निधन भएको हो ।

७८ वर्षीय गौतमलाई निमोनियाको समस्या देखिएपछि उपचारका लागि बीएण्डबी अस्पताल भर्ना गरिएको थियो ।

नेपाल पत्रकार महासङ्घका पूर्वकार्यबाहक अध्यक्ष तथा सम्पादक समाजका पूर्वअध्यक्षसमेत रहेका गौतमको श्रीमती र दुई छोरा छन् ।

Advertisement

नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाका सदस्य गौतमको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।