November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको निधन

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन भएको छ । जोशीको आज बिहान ५ बजे र १५ मिनेटमा किस्ट अस्पतालमा निधन भएको हो ।

परिवार स्रोतका अनुसार सय वर्षीय राधादेवीलाई श्वासप्रश्वासका कारण दुई साताअघि किस्ट अस्पतालमा भर्ना गरिएको थियो ।

उनका पति सत्यमोहन जोशीको गत असोज ३० गते १०३ वर्षको उमेरमा निधन भएको थियो । जोशी दम्पतीले चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किस्ट मेडिकल कलेजलाई मरणोपरान्त आआफ्नो शरीर दानको घोषणा गरेका थिए ।

Advertisement