November 13, 2026, Friday
२०८३ कार्तिक २७
1:37:26 pm

काँग्रेस नेतृ तथा पूर्वमन्त्री मीना पाण्डेको निधन

काठमाडौं। नेपाली काँग्रेसकी नेतृ तथा पूर्वमन्त्री मीना पाण्डे निधन भएको छ । ७२ वर्षीय नेत्री पाण्डेको घरमै उपचारका क्रममा निधन भएको हो ।  

परिवार स्रोतका अनुसार पाण्डेको आजै पशुपति आर्यघाट दाहसंस्कार गरिने छ ।

२०२५ सालदेखि राजनीतिमा लागेकी पाण्डे पद्मकन्या कलेजको स्ववियु सभापति समेत भएकी थिइन् । उनी सर्लाही– २ बाट २०४८ र ०५१ मा प्रत्यक्ष  निर्वाचित भएकी थिइन् भने २०७४ मा समानुपातिक सांसद थिइन् । 

Advertisement

नेपाल महिला संघमा अध्यक्षको जिम्मेवारी समेत सम्हालेकी पाण्डे पार्टीको ११ औं महाधिवेशनमा पार्टीको केन्द्रीय समिति सदस्य बनेकी थिइन् । स्वास्थ्यमा समस्या देखिएपछि पछिल्लो समय उनी निष्क्रिय थिइन् ।