काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरले प्रेमिका शिवाना श्रेष्ठसँग इन्गेजमेन्ट गरेका छन् । बिहीबार बेलुका आयोजित समारोहमा दुवै पक्षका परिवार र आफन्त उपस्थित थिए ।
इन्गेजमेन्ट समारोहमा देउवा तथा पत्नी आरजु राणा र उनकी आमा प्रतिभा राणा सहभागी थिए । जेठ पहिलो साता उनीहरुले औंठी साटासाट गरे पनि पारिवारिक जमघटमा बल्ल समारोह भएको हो ।
जयवीर र शिवाना लामो समयदेखि प्रेम सम्बन्धमा थिए । आगामी भदौमा उनीहरुले विवाह गर्ने तयारी रहेको स्रोतले जनाएको छ ।