August 31, 2026, Monday
२०८३ भाद्र १५
1:37:26 pm

साहित्यकार प्राज्ञ दधिराज सुवेदीको निधन

काठमाडौं । साहित्यकार प्राज्ञ दधिराज सुवेदीको निधन भएको छ । क्यान्सरपीडित सुवेदीको उपचारका क्रममा विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पताल बुढीगंगा मोरङमा बुधबार बिहान ७८ वर्षको उमेरमा निधन भएको हो ।

भोजपुरको दिङ्लामा जन्मिएका सुवेदी विराटनगरलाई कर्मक्षेत्र बनाएर साहित्यमा सक्रिय थिए । उनले खोज तथा अनुसन्धानमूलक दर्जनौँ पुस्तक लेखेका छन् ।

सुवेदीका साधनाको अभिरेखाङ्कन (२०४४), प्रतिभा र प्रस्तुति (२०४५) र नेपाली साहित्यका मुस्कानहरू (२०६९) समालोचनात्मक कृति प्रकाशित छन् । सुवेदीको समग्रह समालोचना विश्व विद्यालयहरूमा पढाइ हुन्छ ।

Advertisement