November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

गजलकार एवं गीतकार प्रकट पगेनीको निधन

पोखरा । गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको स्वास्थ्यमा थप समस्या आएपछि अस्पताल भर्ना गरिएको उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा मंगलबार दिउँसो निधन भएको अस्पतालले जनाएको छ ।

उनको उपचारमा महंगो खर्च लाग्ने भएपछि मंगलबार नै आर्थिक संकलन अभियान थालिएको थियो । 

Advertisement

उनको उपचारका लागि पोखरा महानगरपालिकाले १ लाख र पोखरेली सांस्कृतिक परिवारले २५ हजार सहयोग गर्ने निर्णय यसअघि नै गरेको थियो ।