काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषदका सदस्य सन्तोष परियारले डा. अम्बेडकर अन्तर्राष्ट्रिय अवार्ड पाउने भएका छन्।
शुक्रबार फेसबुकमा स्ट्याटस लेखेर उक्त अवार्डका लागि आफू छानिएको जानकारी दिँदै उनले अवार्ड ग्रहणका लागि आफू आजै भारत जान लागेको परियारले जानकारी दिएका छन्।
कार्यक्रम शनिबार र आइतबार दिल्लीमा हुनेछ।
उक्त पुरस्कार भारतको संविधान निर्माता तथा दलित आन्दोलनका नेता बाबसाहेब डा. भीमराव अम्बेडकरको नाउँमा स्थापित डा. अम्बेडकर फाउन्डेसनले प्रदान गर्छ।
फाउन्डेसनले सामाजिक न्याय र सशक्तीकरणको क्षेत्रमा काम गर्नेहरूलाई हरेक वर्ष यो अवार्ड प्रदान गर्दै आएको छ।