छथर, तेह्रथुम । साङ्वा वंश उत्थान संघ केन्द्रीय समितिको प्रथम साधारण सभा सम्पन्न भएको छ । छथरमा सम्पन्न उक्त सभाले दिल साङ्वाको अध्यक्षतामा नयाँ कार्यसमिति समेत गठन गरेको छ ।
२९ सदस्यीय नयाँ कार्यसमितिका उपाध्यक्षमा टोम साङ्वा महासचिव नगेन साङ्वा, सचिव गोविन्द साङ्वा र कोषाध्यक्षमा मन कुमारी साङ्वा चयन भएका छन्। । साथै कर्णलाल साङ्वाको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ ।
कार्यक्रममा साङ्वा वंश उत्थान संघ झापा, धनकुटा,पाँचथर समितिका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
संस्थाका अध्यक्ष दिल साङ्वाको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा नगेन साङ्वाले आयव्यय प्रस्तुत गरेका थिए भने संस्थागत प्रतिवेदन दिल साङ्वाले प्रस्तुत गरेका थिए ।
सभाबा बोल्दै अध्यक्ष दिल साङ्वाले संस्थाको काम वंशावली बनाउने मात्र नभइ वंशावलीको काम पहिलो चरणमा सम्पन्न गर्नुपर्ने भएकोले आगामी एक वर्षभित्र साङ्वा वंशावलीको पहिलो संस्करण प्रकाशन गरिसक्ने बताए । नामावली संसोधन र साङ्वा इतिहास लेखन कार्य अन्तिम चरणमा पुगेको पनि बताए ।
संस्थाका सचिव गोविन्द साङ्वाले संचालन गरेको उक्त कार्यक्रममा झापा जिल्ला अध्यक्ष प्रेम साङ्वा, पान्थर जिल्ला सचिव ओमराज साङ्वा, धनकुटा जिल्ला अध्यक्ष धनविर साङ्वा लगायतले शुभकामना मन्तव्य थिए ।