July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

१७ दिनमा तोडियो निहारिका राजपुतको अनशन

काठमाडौँ — महोत्तरी जलेश्वरकी निहारिका राजपुत भनिने सोनालीकुमारी सिंहले १७ दिनमा अनशन तोडेकी छन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइरालाको उपस्थितिमा आइतबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालसँग ३ बुँदे सहमतिपछि राजपुतले अनशन तोडेकी हुन् ।

राष्ट्रपति भवन शीतल निवास अगाडि पेट्रोल छर्केर आत्मदाह प्रयास गरेपछि उनी त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारकै क्रममा अनशन बसेकी थिइन् ।

सहमतिपत्रमा राजपुतको माग र अनुरोधबमोजिम उच्च अदालत जनकपुरमा विचाराधिन मुद्दाको डिएनए परीक्षण गर्न अदालतसमक्ष जाहेरवालाका तर्फबाट सरकारी वकिलले माग गर्ने, डिएनए परीक्षणलाई विश्वसनीय बनाउन अदालतसमक्ष आवश्यक प्रक्रिया अपनाउन माग गर्ने र माग पूरा भएकोले राजपुतले आजैका मितिबाट अनशन अन्त्य गर्ने उल्लेख छ ।

Advertisement