November 10, 2026, Tuesday
२०८३ कार्तिक २५
1:37:26 pm

संविधान दिवसको अवसरमा ज्येष्ठ नागरिक आश्रममा फलफूल वितरण

पाँचथर । आठौं संविधान दिवसको अवसरमा युवा सघ नेपाल जिल्ला कमिटी पाँचथर र अनेरास्ववियू जिल्ला कमिटी पाँचथरले जेष्ठ नागरिक आश्रममा फलफूल वितरण गरेको छ । संविधान दिवसको अवसरमा युवा संघ नेपाल र अनेरास्ववियूको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।

नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी पाँचथरका अध्यक्ष कमल प्रसाद जबेगुको प्रमुख आतिथ्यतामा फिदिम २ मा रहेको ज्येष्ठ नागरिक आश्रममा फलफूल वितरणसँगै शुभकामना आदानप्रदान गरि कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा फिदिम नगरपालिका वडा नं. २ कृष्ण मन्दिरमा रहेको ज्येष्ठ नागरिक आश्रममा रहेका ज्येष्ठ नागरिकहरूलाई फलफूल मिठाई वितरणसहित सम्मान गरिएको थियो ।

Advertisement

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जबेगुले ज्येष्ठ नागरिकहरूको सम्मान गर्नु सबैको दायित्व भएको बताए । ज्येष्ठ नागरिक समाजका सम्पत्ति भएकोले तिनका ज्ञान, सीप र अनुभव अहिलेको पुस्ताको लागि महत्वपूर्ण हुने विचार राखे । उनले ज्येष्ठ नागरिकको हकहित र संरक्षणका लागि आफ्नो पार्टी हर हमेसा लागि पर्ने भन्दै आश्रमका अध्यक्ष राधिका थापालाई उनको योगदानप्रति धन्यवाद ज्ञापन गरे ।