काठमाडौं । यस वर्षको तिहार सकिए पनि बिदा मिलाउन सरकारी कार्यालयहरू आज शुक्रबार बन्द छन् ।
तिहारको मुख्य दिन बिहीबार भाइटिका लगाएसँगै यस वर्षको तिहार सम्पन्न भइसकेको छ । बिहीबार बिहान ११ बजेर ३७ मिनेटको उत्तम साइत भएपनि दिनभरी नैं भाइटिका लगाईएको थियो ।
यस वर्षको तिहार बिहीबारबाट सकिएपनि सरकारले आज पनि सार्वजनिक बिदा दिएको छ । टिका लगाउन आ आफ्नो थातथलो गएका मानिसहरू आज मात्रै कार्यथलो फर्कन भ्याउने र भोलि शनिबार भएको कारण सरकारले आज एक दिन तिहारको बिदा थपिदिएको हो ।