November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

नाल्बो पुत्री रेनुकाको जन्मोत्सव ‘बेबी लाइफ होम’मा

२०८२ कार्तिक ११

काठमाडौं । व्यवासायी, चलचित्र निर्माता तथा समाजवसेवी रबिन कुमार नाल्बोले आफ्नो छोरीको जन्मोत्सव ‘बेबी लाइफ होम’मा मनाएका छन् । हङकङ निवासी नाल्बोले किर्तिपुरस्थित बेबी लाइफ होममा रहेका एचआईभी संक्रमित बालबालिकाहरूलाई खाना खुवाएर आफ्नो छोरी रेनुका नाल्बोको जन्मदिन मनाएका हुन् ।

अधिकांशले जन्मदिन, विवाह वार्षिकोत्सव जस्ता उत्सवहरू रेस्टुरेन्ट तथा पार्टी प्यालेसहरुमा तामझामका साथ मनाउने गर्छन् । पछिल्लो समय भने विभिन्न आश्रमहरूमा सेवा गरेर पनि मनाउन थालिएको छ ।

आफ्ना छोराछोरीको जन्मोत्सव त्यसरी तामाझामका साथ पनि मनाउन सकिने भए पनि आफूले भने घरबारवारबीहिन, परिवारबीहिन भएका बालबालिकाहरुसँग मनाउदै आइरहेको रबिन नाल्बो बताउँछन् । सकेसम्म भौतिक रुपमा उपस्थित भएर सेवा गर्न रुचाउने उनले यसपटक आफ्नो कार्यव्यस्तता र छोरीको उच्च शिक्षाको कारण उपस्थित हुन नसकेको जानकारी दिए ।

Advertisement

यसअघि पनि नाल्बोले भक्तपुर, ललिपुर, ताप्लेजुङ, सुनसरी, झापालगायतको जिल्लामा अवस्थित आश्रमहरुमा पुगेर परिवारका सदस्यहरुको जन्मोत्सव मनाएका थिए ।

लायन्स क्लब, काठमाडौंद्धारा आयोजित जन्मोत्सव कार्यक्रममा व्यवसायी तथा समाजसेवी शोभा गुरुङ, समाजसेवी मनु पाहिमलगायतको उपस्थिति थियो ।

संस्थापक अध्यक्ष राजकुमार पुन र उपाध्यक्ष उमा गुरुङ राई रहेको ‘बेबी लाइफ होम’ किर्तिपुरको भत्केको पार्टीका छ । सन् २००९ मा स्थापना भएको यस होमभित्रै सफलता एचआइभी शिक्षा सदन विद्यालय पनि संचालनमा छ । सन् २०११ मा स्थापित यस विद्यालयमा ६ देखि २४ वर्ष उमेरसम्मका एचआइभी संक्रमित बालबालिकाहरू अध्ययनरत छन् ।

यस होममा कैलाली, दाङ, बैतडी, महेन्द्रनगर, बर्दीया, सल्यान, दैलेख, सुर्खेत, रोल्पा र कञ्चनपुर जिल्लाका बालबालिकाहरू रहेको र उनीहरू सबै जन्मदै एचआइभी संक्रिमत भएको होमका एक युवकले जानकारी दिए ।

सामाजिक विखण्डन र भेदभावको कारण असहाय अवस्थामा थकाइलाग्दो र दयनीय जीवन बिताउन बाध्य संक्रमित बालबालिकाहरूको उद्धार पछि आधारभूत आवश्यकताहरू, औपचारिक शिक्षा र स्वास्थ्य सेवाको लागि उद्धार कार्यक्रमहरूमा सक्रिय रहेको बेबी लाइफ होमले जनाएको छ ।

बेबी लाइफ होमले आफ्ना आमाबाबुको मृत्यु र परिवार र समाजबाट अस्वीकृत भएपछि उपेक्षित बालबालिकाहरूलाई मायालु अभिभावकत्व प्रदान गर्न उत्कृष्ट भूमिका खल्ने गरेको जनाएको छ ।