July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

एनबिए कप स्थगित

काठमाडौं– नेपाल ब्याडमिन्टन संघको आयोजनामा हुने भनिएको योनेक्स सनराइज एनबिए कप राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप अनिश्चित कालका लागि स्थगित भएको छ।

कोरोनाको अवस्थाले जोखिम बढेसँगै प्रतियोगिता स्थगित भएको ब्याडमिन्टन संघकाे भनाइ छ।

नेपालमा कोरोनाको बिरामीको संख्या बृद्धि भइरहेको उच्च जोखिमलाई मध्यनजरमा राख्दै नेपाल सरकार स्वास्थ्य मन्त्रालयको सूचना अनुसार अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

Advertisement

साथै संघले गर्ने भनेको खेलाडी सम्मा कार्यक्रम पनि प्रतियोगिता हुने समयमा गर्ने जानकारी गराएको छ।

यसअघि चैत्र १५ गतेदेखि आयोजना गर्ने भनिएको प्रतियोगिता बैशाख ४ देखि ८ गतेसम्मका लागि सारिएको थियो।