July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

आईपीएल : सुपर ओभरमा दिल्लीको जित, हैदरावाद पराजित

काठमाडौं– इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)को जारी संस्करणमा पहिलो पटक खेल सुपर ओभरमा पुगेको छ। गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको हो।जारी प्रतियोगितामा चौथो जित निकाल्ने क्रममा दिल्लीले हैदरावादलाई  सुपर ओभरमा पराजित गरेको छ।

दिल्ली क्यापिटल्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १५९ रन बनाएको थियो। १६० रनको लक्षसहित जवाफी ब्याटिङ गरेको हैदराबादले पनि निर्धारित २० ओभर खेलेर ७ विकेटको क्षतिमा १५९ रन नै बनायो ।

निर्धारित २० ओभरको खेलमा दुवै टिमले समान १५९ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो। सुपर ओभरमा हैदरावादले ७ रन बनाउको थियो। जवाफमा दिल्लीले ८ रन जोड्दै खेलमा जित हात पारेको हो।

Advertisement

यसअघि हैदराबादका लागि केन विलियन्सनले ६६ रन तथा जोनी बेइरेस्टोले ३८ रन बनाएका थिए। बलिङतर्फ दिल्लीका लागि आभास खानले सर्वाधिक ३ विकेट लिए। अक्षर पटेलले २ विकेट लिँदा अमित मिश्राले एक विकेट लिए। 

टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीका लागि पृथ्वी शले ५३ रन बनाउका थिए। त्यस्तै, कप्तान रिषभ पन्तले ३७ रन बनाउँदा स्टिभ स्मिथले ३४ तथा शिखर धावनले २८ रनको योगदान गरे।बलिङतर्फ हैदरावादका लागि सिद्धार्थ कउलले दुई विकेट तथा राशिद खानले १ विकेट लिए।