August 26, 2026, Wednesday
२०८३ भाद्र ११
1:37:26 pm

१३ औँ सागको खर्च विवरण सार्वजनिक

काठमाडौं –  नेपालमा आयोजना भएको १३ औँ दक्षिण एशियाली खेलकुद सागको खर्च विवरण सार्वजनिक गरिएको छ।

साग सम्पन्न भएको झण्डै एक वर्षपछि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले खर्च विबरण सार्बजनिक गरेको हो। राखेपका सदस्य सचिव रमेश शिलवालका अनुसार साग अन्तर्गत खेलुकद कार्यक्रममा १ अर्व २१ करोड ७८ लाख ४३ हजार रुपैयाँ खर्च भएको बताएको छ भने पुर्वाधार निर्माणमा २ अर्व ८६ करोड १४ लाख २८ हजार रुपैयाँ खर्च भएको छ।

यस्तै विजेता खेलाडी, प्रशिक्षक र सहभागी संघलाई नेपाल सरकारको तर्फबाट २२ करोड ७६ लाख रुपैयाँ पुरस्कार रकम दिइएको सदस्य सचिव शिलवालले जानकारी दिनुभयो। सागको आयोजनाका दौरान तीन महिना भित्रमा खर्च विवरण सार्वजनिक गर्ने प्रतिबद्धता जनाएपनि परिषद्ले झण्डै एक वर्षपछि सार्बजनिक गरेको हो।

Advertisement

परिषदले काठमाडौं सचिवालयमा ६ करोड ७४ लाख, ५६ हजार रुपैयाँ खर्च भएको जनाएको छ। यस्तै टिम तयारीमा ३० करोड ८० लाख, खेल स्थल ब्यवस्थापनमा १ करोड २९ लाख रुपैयाँ खर्च भएको जनाएको छ। खेल सामाग्रि ब्यवस्थापनमा २८ करोड २२ लाख रुपैयाँ, स्वंयमसेवक परिचालनमा एक करोड १७ लाख, सागको उद्घाटन र समापनमा ११ करोड ५९ लाख रुपैयाँ खर्च भएको उल्लेख गरेको छ। साग आयोजना गर्दा आम्दानी र खर्च बराबर भएको सदस्यसचिव सिलवालले बताए  ।