November 8, 2026, Sunday
२०८३ कार्तिक २३
1:37:26 pm

रियल मड्रिड पराजित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड पराजित भएको छ । आइतबार राति भएको खेलमा रियल मड्रिड स्पानियोलसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

स्पानियोलको मैदानमा करिम बेन्जिमाले एक गोल फर्काएपनि रियल पराजित भएको हो । खेलको १७ औं मिनेटमा राउल थोमसले गोल गर्दै स्पानियोललाई सुरुआती अग्रता दिलाएका थिए ।

Image

खेलको ६० औं मिनेटमा एलेक्स भिदालले गोल गर्दै स्पानियोललाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको ७१ औं मिनेटमा बेन्जिमाले एक गोल फर्काएपनि रियल २-१ ले पराजित भयो ।

Advertisement

यस हारपछि पनि रियल ८ खेलमा १७ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । स्पानियोल ९ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।