August 30, 2026, Sunday
२०८३ भाद्र १४
1:37:26 pm

रंगशाला निर्माणको काम अब सरकारले लिन मेयर रेणु दाहालको प्रचण्डलाई आग्रह

भरतपुर । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला अलपत्र परेको भन्दै भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले रंगशाला निर्माणको काम अब सरकारले अघि बढाउनुपर्ने बताएकी छन् ।

उनले चितवन उद्योग संघको साधारणसभामा सहभागी भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई रंगशाला निर्माणको काम अब सरकारले लिनुपर्ने बताएकी हुन् ।

‘देशकै गरिमा बोकेको रंगशाला निर्माणका लागि महानगरले जग्गा उपलब्ध गरायो, आवश्यक सबै सहयोग ग¥यो । तर स्रोत जुटाउने जिम्मा लिएका धुर्मुस, सुन्तलीले बनाउन सकेनन्,’ मेयर दाहालले भनिन्, ‘अब रंगशाला निर्माणको जिम्मा सरकारले लिनुपर्ने भयो ।’

Advertisement

क्रिकेट रंगशाला निर्माणकाक्रममा १६ करोड रुपैयाँ ऋण लागेपछि निर्माणको जिम्मा लिएको धुर्मुस–सुन्तली फाउण्डेशन अन्योलमा छ । फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ उधारो तिर्न नसकेपछि रंगशाला निर्माणको काम रोकेर काठमाडौं पुगेका छन् ।

गत साउन १५ देखि रंगशाला निर्माणको काम बन्द छ ।