November 8, 2026, Sunday
२०८३ कार्तिक २३
1:37:26 pm

इरान एएफसी यू-२३ एसियन कपमा छनोट

२०७८ कार्तिक १५

काठमाडौं । इरान एएफसी यू-२३ एसियन कप फुटबलका लागि छनोट भएको छ । आइतबार घरेलु टोली ताजिकिस्तानलाई ३-२ गोल अन्तरले पराजित गर्दै इरान यू-२३ एसियन कपमा छनोट भएको हो ।

ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा इरानलाई जित दिलाउन कप्तान यासिन सलमानीले ह्याट्रिक पूरा गरे । ताजिकिस्तानका जेइरोभ इस्लोम र एह्सोनी पान्सनबेले एक एक गोल फर्काए ।

जितसँगै समूह ‘बी’ को इरानले ३ खेलमा ९ अंक जोड्यो । इरान समूह विजेता बन्दै एसियन कपमा छनोट भएको हो । यस समूहमा रहेको नेपाल भने जित विहीन बन्दै बाहिरिएको छ ।

Advertisement

उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ।