काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सचिवमा विष्णुकुमार ढकाल नियुक्त भएका छन् । युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट ढकाललाई सदस्य सचिवको जिम्मेवारी तोकिएको मन्त्रालय स्रोतले जनाएको छ । ।
स्रोतका अनुसार युवातथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा मंगलबार बसेको मन्त्रीस्तरीय बैठकले खेलकुद विकास ऐन २०७७ को दफा १७ को उपदफा १२ बमोजिम मन्त्रालयका सहसचिव ढकाललाई अर्को व्यवस्था नहुँदासम्मका लागि राखेपको सदस्य सचिवको जिम्मेवारी दिइएको हो ।