November 8, 2026, Sunday
२०८३ कार्तिक २३
1:37:26 pm

न्युजिल्यान्डको दोस्रो जित, सेमिफाइनल संभावना कायमै

२०७८ कार्तिक १७

एजेन्सी । विश्वकप समूह २ मा रहेको न्युजिल्यान्डले तेस्रो खेलमा दोस्रो जित निकालेको छ। स्कटल्यान्डविरुद्ध बुधबार दुबईमा भएको खेलमा न्युजिल्यान्डले १६ रनको जित निकालेको हो। जितसँगै न्युजिल्यान्डको सेमिफाइनल संभावना कायमै छ।

टस हारेर पहिलो ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो। जवाफमा स्कटल्यान्डले १ सय ५६ रनमात्र बनाउन सकेपछि न्युजिल्यान्डले १६ रनले खेल जित्यो।

न्युजिल्यान्डका लागि ओपनर मार्टिन गुप्तिलले सर्वाधिक ९३ रन बनाए। ग्लेन फिलिप्सले ३३ रन बनाउँदा डर्यरल मिचलेले १३ रन तथा जेम्स निसमले १० रन बनाए। गुप्तिल म्यान अफ द म्याच घोषित भए। जवाफमा स्कटल्यान्डले पनि प्रभावशाली इनिङ खेले पनि पराजय टार्न सकेन।

Advertisement

उसका लागि ओपनर जोर्ज मनसेले २२ रन बनाए। सर्वाधिक रन भने मिचेल लिएस्कले ४२ रनको नट आउट इनिङ खेले। कप्तान क्याल कोटजेरले १७ रन बनाउँदा रिचल बेरिङटनले २० रन बनाएका थिए।

थप दोहोरो स्कोरका रुपमा कलुम माकलेडोले १२ रन बनाए। न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्ट र सोढीले समान २/२ विकेट लिए।