November 9, 2026, Monday
२०८३ कार्तिक २३
1:37:26 pm

आर्सनलको सहज जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ । शनिबार भएको खेलमा आर्सनलले न्युकासल युनाईटेडलाई २-० गोल अन्तरले हराएको हो ।

आर्सनललाई जित दिलाउन बुकायो साका र गाब्रियल मार्टिनेलीले एक एक गोल गरे । खेलको ५६ औं मिनेटमा साकाले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ६६ औं मिनेटमा मार्टिनेलीले गोल गर्दै आर्सनललाई २-० को जित दिलाए ।

जितसँगै आर्सनलले १३ खेलमा २३ अंक जोडेको छ । आर्सनल लिगको पाँचौं स्थानमा रहेको छ । न्युकासल ६ अंक जोडेर पुछारमा रहेको छ ।

Advertisement