November 10, 2026, Tuesday
२०८३ कार्तिक २४
1:37:26 pm

रियलको पुनरागमन जित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित निकालेको छ । आइतबार राति भएको खेलमा रियलले सेभियालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा रियलले एक गोलको अग्रता उल्टाएर पुनरागमन जित निकालेको हो । खेलको १२ औं मिनेटमा राफा मिरले गोल गर्दै सेभियालाई सुरुआती अग्रता दिलाएका थिए।

करिम बेन्जिमाले ३२ औं मिनेटमा गोल गर्दै रियललाई १-१ गोको बराबरीमा फर्काए । त्यसपछि खेलको ८७ औं मिनेटमा भिनियस जुनियरले गोल गर्दै रियललाई २-१ को जित दिलाए ।

Advertisement

जितसँगै रियलले १४ खेलमा ३३ अंक जोडेको छ । रियल शीर्ष स्थानमा रहेको छ । सेभिया २८ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

अर्को खेलमा एट्लेटिको मड्रिडले क्याडिजलाई ४-१ गोल अन्तरले हराएको छ ।

जितसँगै दोस्रो स्थानको एट्लेटिकोले २९ अंक जोडेको छ ।