November 9, 2026, Monday
२०८३ कार्तिक २४
1:37:26 pm

युभेन्ट्सको सहज जित

काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा युभेन्ट्सले जिनोआलाई २-० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन हुवाँ क्वार्डाडो र पाउलो डिबालाले एक एक गोल गरे। खेलको नवौं मिनेटमा क्वार्डाडोले गोल गर्दै युभेन्ट्सलाई सुरुआती अग्रता दिलाएका थिए ।

Image

त्यसपछि खेलको ८२ औं मिनेटमा डिबालाले गोल गर्दै युभेन्ट्सलाई २-० को जित दिलाए । यस जितसँगै युभेन्ट्सले १६ खेलमा २७ अंक जोडेको छ ।

Advertisement

युभेन्ट्स लिगको पाँचौं स्थानमा उक्लिएको छ । जिनोआ १० अंक जोडेर १८ औं स्थानमा रहेको छ ।