काठमाडौं । एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा नेपालको पुरुष टोली पराजित भएको छ । ढाकामा शनिबार भएको खेलमा नेपाल श्रीलंकासँग ३-१ को सेटमा पराजित भएको हो ।
शाहिद शुरवार्दी इन्डोर स्टेडियममा श्रीलंकाले पहिलो सेट २५-१८ ले जितेको थियो । तर, दोस्रो सेट नेपालले २५-२२ ले आफ्नो बनायो । त्यसपछि दुई सेटमा श्रीलंकाले २५-१६ र २५-१५ ले जित्दै खेल आफ्नो पक्षमा पार्यो ।
प्रतियोगितामा नेपालको पुरुष टोलीको यो दोस्रो हार हो । पहिलो खेलमा नेपाल बंगलादेशसँग ३-० को सेटमा पराजित भएको थियो। तर, दोस्रो खेलमा उज्वेकिस्तानलाई ३-१ को सेटमा हराएको थियो ।