November 9, 2026, Monday
२०८३ कार्तिक २४
1:37:26 pm

टोटेनहमको सहज जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले जित निकालेको छ । आइतबार राति भएको खेलमा टोटेनहमले क्रिस्टल प्यालेसलाई ३-० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा ह्यारी केनले ३२ औं मिनेटमा गोल गर्दै टोटेनहमलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ३४ औं मिनेटमा लुकास मौराले गोल गर्दै टोटेनहमलाई २-० को अग्रता दिलाए । 

May be an image of 2 people

खेलको ३७ औं मिनेटमा विलफ्रेड जाहाले रातो कार्ड पाएपछि क्रिस्टल १० खेलाडीमा समेटिएको थियो । त्यसपछि खेलको ७४ औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटेनहमलाई ३-० को जित दिलाए ।

Advertisement

जितसँगै टोटेनहमले १६ खेलमा २९ अंक जोडेको छ । टोटेनहम पाँचौं स्थानमा उक्लिएको छ ।

क्रिस्टल २० अंक जोडेर १२ औं स्थानमा रहेको छ ।