November 9, 2026, Monday
२०८३ कार्तिक २४
1:37:26 pm

युनाईटेडको सहज जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा युनाईटेडले बर्नलीलाई ३-१ गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा स्कट म्याकटोमीनेले आठौं मिनेटमा गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको २७ औं मिनेटमा बी मिले आत्मघाती गोल गरेपछि युनाईटेड २-० ले अघि रह्यो ।

Image

क्रिस्टियानो रोनाल्डोले ३५ औं मिनेटमा गोल गर्दै युनाईटेडलाई ३-० को अग्रता दिलाए । त्यसपछि खेलको ३८ औं मिनेटमा बर्नलीका लेननोनले एक गोल फर्काएपनि युनाईटेड ३-१ ले विजयी भयो ।

Advertisement

यस जितसँगै युनाईटेड लिगको छैटौं स्थानमा उक्लिएको छ । युनाईटेडले १८ खेलमा ३१ अंक जोडेको छ ।

बर्नली ११ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।