November 9, 2026, Monday
२०८३ कार्तिक २४
1:37:26 pm

टर्किस डिफेन्डर कालिकको निधन

काठमाडौं । टर्कीको राष्ट्रिय फुटबल टिमका डिफेन्डर अहमेट कालिकको निधन भएको छ । कार दुर्घटनामा परेर कालिकको २७ वर्षको उमेरमा निधन भएको हो ।

उनले आफैले चलाएको कार दुर्घटनामा परेको बताईएको छ । टर्कीको अन्कारामा मंगलबार बिहान भएको कार दुर्घटनामा उनको निधन भएको मिररले जनाएको छ ।

कालिकले टर्कीका लागि ८ खेल खेलेका थिए । कालिक टर्कीको शीर्ष डिभिजन क्लब जेन्क्लेरबिर्लिगीमा आबद्द थिए ।

Advertisement

कालिकले गालातासारे र कोन्यासपोरबाट समेत खेलेका थिए ।