November 10, 2026, Tuesday
२०८३ कार्तिक २४
1:37:26 pm

साउथह्याम्पटनको सहज जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनले सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा साउथह्याम्पटनले ब्रेन्टफोर्डलाई ४-१ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा जान बेडनारेकले पाँचौ मिनेटमा गोल गर्दै साउथह्याम्पटनलाई सुरुआती अग्रता दिलाएका थिए  ।

खेलको २३ औं मिनेटमा भिटाली जानेटले गोल गर्दै ब्रेन्टफोर्डलाई १-१ को बराबरीमा ल्याए । अल्भारो फर्नान्डेजले ३७ औं मिनेटमा आत्मघाती गोल गरेपछि साउथह्याम्पटन २-१ ले अघि रह्यो । खेलको ४९ औं मिनेटमा अर्मान्डो बोर्जाले गोल गर्दै टिमको अग्रता ३-१ को बनाए । त्यसपछि खेलको ७० औं मिनेटमा एडम चेले गोल गरेपछि घरेलु टोली ४-१ ले विजयी भयो ।

यस जितसँगै साउथह्याम्पटनले २० खेलमा २४ अंक जोडेको छ । साउथह्याम्पटन ११ औं स्थानमा रहेको छ ।

Advertisement

ब्रेन्टफोर्ड २३ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।