November 9, 2026, Monday
२०८३ कार्तिक २४
1:37:26 pm

खेलाडीमाथि बोतल प्रहार गर्ने समर्थक पक्राउ

काठमाडौं । एस्टन भिल्लाका लुकास डिग्ने तथा म्याटी कासमाथि प्लास्टिकको बोतल प्रहार गरेको भन्दै एक फुटबल समर्थनलाई पक्राउ गरिएको छ । 

गुडसिन पार्कमा शनिबार राती एभर्टनविरुद्धको खेलका क्रममा लुकास र म्याटीमाथि बोतल प्रहार गरेको भन्दै उनलाई पक्राउ गरिएको हो । 

कासले उक्त बोतलले आफ्नो टाउकोमा लागेको बताए । 

Advertisement

तर पनि एस्टनले उक्त खेल १–० ले जितेको थियो । 

एभर्टनले सिसिटिभीको सहयोगमा बोतल प्रहार गर्ने समर्थकलाई पक्राउ गरिएको जनाएको छ ।