November 10, 2026, Tuesday
२०८३ कार्तिक २४
1:37:26 pm

स्टेडियम बाहिर झडप हुँदा ६ जनाको मृत्यु

काठमाडौं । क्यामरुनमा अफ्रिका कप अफ नेसन्सको खेल आयोजना भइरहेको स्टेडियम बाहिर भएको झडपमा कम्तिमा ६ जनाको मृत्यु भएको छ । 

ओलेम्बे स्टेडियम बाहिर भएको झडपमा थप दर्शनौ मानिस घाइते भएका छन् ।

कैयौ बालबालिकाहरु बेहोस भएका छन् ।

Advertisement

क्यामरुनको सेन्ट्रल रिजनका गर्भनर नासेरी पाउल वियाले थप मानिसको हाताहती भएको हुनसक्ने बताएका छन् ।

भिडियोहरुमा देखिए अनुसार फुटबल हेर्न दर्शकहरु संघर्ष गरिरहेका थिए । 

स्टेडियमको दर्शक क्षमता ६० हजार भएपछि कोभिडका कारण ८० प्रतिशत सिटका लागि मात्र टिकट विक्री गरिएको थियो । 

तर आयोजक क्यामरुनको कोमोरोसविरुद्धको खेल हेर्न ५० हजार भन्दा बढी दर्शकहरु स्टेडियम प्रवेश गर्न खोजेका थिए ।