July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

बराबरीमा रोकियो युनाईटेड

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड बराबरीमा रोकिएको छ ।

मंगलबार राति भएको खेलमा युनाईटेड पुछारको बर्नलीसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा युनाईटेड रोकिएको हो ।

Advertisement

Image

खेलको १८ औं मिनेटमा पाउल पोग्बाले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ४७ औं मिनेटमा जे रोड्रीगेजले गोल गर्दै बर्नलीलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

यस बराबरीसँगै युनाईटेडले २३ खेलमा ३९ अंक जोडेको छ ।

युनाईटेड पाँचौं स्थानमा रहेको छ ।

बर्नली १४ अंक जोडेर पुछारमा रहेको छ ।

Image

अर्को खेलमा न्युकासलले एभर्टनलाई ३-१ ले हराएको छ ।

वेस्ट ह्यामले वाट्फोर्डलाई १-० ले हराएको छ ।