November 9, 2026, Monday
२०८३ कार्तिक २४
1:37:26 pm

स्टर्लिङको ह्याट्रिकमा सिटीको सहज जित

काठमाडौँ । रहिम स्टर्लिङको ह्याट्रिकको मद्दतमा इग्लिस प्रिमियर लिग फुटबलको शीर्ष क्लब म्यानचेस्टर सिटीले नर्विच सिटीलाई शनिबार राति ४–० अन्तरले पराजित गरेको छ ।

नर्विचको घरेलु मैदानमा सिटीको सहज जितमा स्टर्लिङले ह्याट्रिक गर्दा फिल फोडेनले एक गोल गरे ।

जितपछि सिटीले उपाधि दाबेदारी बलियो बनाएको छ । उसको २५ खेलबाट ६३ अंक रहेको छ । पराजित नर्विच २४ खेलबाट १७ अंकसहित रेलिगेसन जोनमा छ ।

Advertisement

तालिकाको दोस्रो स्थानमा रहेको लिभरपुलको ५१ अंक छ ।